Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री लेखकले गरे बाढीपहिरोको क्षतिबारे ब्रिफिङ

कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री लेखकले गरे बाढीपहिरोको क्षतिबारे ब्रिफिङ

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी पहिरोबाट भएको क्षतिबारे ब्रिफिङ गरेका छन् ।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले पहिरोबाट भएको क्षतिबारे ब्रिफिङ गरेका हुन् ।

उनले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी दिए । गृहमन्त्री लेखकका अनुसार सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

गृहमन्त्री लेखकले सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानी आवास बनाउने व्यवस्था मिलाइएको बताए ।

क्षतिग्रस्त संरचनाको मर्मत गरी सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको उनले बताए ।

गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर मंगलबार नै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको बताए ।

यातायात सञ्चालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको उनले बताए । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको गृहमन्त्री लेखकको भनाई छ ।

नख्खु खोलमा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077