Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सरकारलाई गाली गर्ने बेला होइन, सबै मिलेर उद्वार र पुनःस्थापनामा जुटौं : प्रचण्ड

सरकारलाई गाली गर्ने बेला होइन, सबै मिलेर उद्वार र पुनःस्थापनामा जुटौं : प्रचण्ड

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विपद्का बेला सबै मिलेर उद्वार, राहत र पुनःस्थापना जुट्नुपर्ने बताएका छन् ।

बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । सरकारले जे जति गल्ती गरेपनि अब एकजुट भएर पीडितको समस्या समाधान गर्नतिर लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ ।

अध्यक्ष प्रचण्डले भने, ‘अब राहत, उद्धार, पुर्नस्थापना घाइतेको उपचारमा सरकार गम्भिर बनोस्, म गाली गर्ने पक्षमा छैन। सबै मिलेर पीडितको घाउतमा मल्हमपट्टी लगाउनुपर्छ।

सरकारले जेजति कमीकमजोरी गर्यो गर्यो अब युद्धस्तरमा पीडितको पक्षमा काम गरोस्।’ उद्धार र राहतमा सरकारले ढिलाइ गरे पनि यस्तो बेला जनताको आवश्यकता मिलेर पूरा गर्नुपर्ने उनको भनाइ छ।

अध्यक्ष प्रचण्डले विपद्को पूर्वानुमान हुँदा समेत सरकारले कुनै तयारी नथाल्दा ठूलो क्षति भएको बताए।

उनले सरकारलाई राहत, उद्धार र पुनस्थापनमा गम्भिर बन्न ध्यानाकर्षण गराए । यो संकटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न पनि उनले सबैलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077