Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - यति ठूलो विपद्का लागि हाम्रो पूर्वतयारी नै थिएन !

प्रधानमन्त्री ओलीले भने - यति ठूलो विपद्का लागि हाम्रो पूर्वतयारी नै थिएन !

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो र डुबानजस्तो विपत्तिमा सरकार जनताको साथमा रहेको बताएका छन् ।

भारी वर्षासँगै आएको बाढीपहिरो र डुबानले गरेको क्षतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले यति भयावह बाढी पहिरो आउला भन्ने पूर्वामानुमान नभएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन । यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन । पहिला यस प्रकारभन्दा कमै हुने गर्थै, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो ।’

विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो गरेको प्रधानमन्त्री ओलीले बताए । सरकारको तर्फबाट केही कमजोरी भएको उनले स्वीकारे।

प्रधानमन्त्री ओलीले यो बेला सरकार जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग र पुनर्निर्माणका काम गर्नेमा लाग्ने बताए ।

उनले सरकारको सचेतताकै कारण चार हजारभन्दा बढी मानिसलाई उद्धार गरेको भन्दै सरकारले नगरेको भए उनीहरू बाच्न गाह्रो हुने बताए ।

प्रधानमन्त्री ओलीले संरचनागत त्रुटिका कारण पनि क्षति बढी हुनपुगेको भन्दै आगामी दिनमा त्यसबारे सबैले सोच्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077