Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सहकारी पीडितका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री ओली

सहकारी पीडितका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री ओली

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको रकम फिर्ता गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सहकारी पीडितको डुबेको रकम फिर्ता कसरी गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताए ।

उनले सहकारीको रकम केहीले अपचलन गरिसकेकाले डुबेको रकम फिर्ता गराउने भन्नेमा केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने,'सहकारी पीडितको डुबेको रकम फिर्ता हिनुपर्छ । अब कसले त्यो बेला पैसा लियो चम्किइ चम्किइ खायो खाएको त फिर्ता कसरी बनाउने भन्नेमा ध्ययन भइरहेको छ । सहकारी पीडितका समस्या समाधान गर्न सरकार धेरै गम्भीर छ । यो समाधान गर्ने र कसरी सहि समाधान हुन्छ ।'

सहकारीमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको पनि उनको भनाइ छ।

सहकारीका बचत रकम केहीले उडाएको उल्लेख गर्दै उनले त्यो कतिपय बचत असुलउपर हुनै नसक्ने अवस्थासमेत रहेको देखिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077