Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अवहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न बार अध्यक्ष घिमिरेको चेतावनी

अवहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न बार अध्यक्ष घिमिरेको चेतावनी

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद्लाई अवहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न चेतावनी दिएका छन् ।

मंगलबार बार परिसरमा पत्रकार सम्मेलन गरी उनले यस्तो चेतावनी दिएका हुन् । उनले आफू बिरुद्ध दर्ता भएको अपहेलनाको मुद्दा लड्ने बताए । न्यायपरिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने पनि उनको भनाई छ ।

उनले सर्वोच्च न्यायपरिषद्ले गरेका कामहरुलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाएर जान नहुने भन्दै अवहेलना मुद्दाको विषय नै नभएका जिकिर गरे ।

उनले न्याय परिषद्ले सोमवार आफूबिरुद्ध खेद प्रस्ताव पास गरेको भन्दै न्याय परिषद् गैर संवैधानिक काम गर्ने र बारलाई खेद प्रकट गर्ने काम भएको बताए ।

न्याय परिषद नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण नगरी परिषदले एकलौटी रुपमा न्यायाधीश सिफारिस गर्नु आपत्तिजनक भएको र त्यसमा परिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश श्रेष्ठको अनुचित स्वार्थ रहेको आरोप घिमिरेले लगाएका थिए ।

तर न्यायपरिषद्ले उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको र जनआस्था गिराउने काम गरेको भन्दै सोमबार अवहेलना मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077