Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

बागमती र कोसीमा भारी वर्षा हुने प्रक्षेपण भएपछि ‘हाइअलर्ट’ मा रहन गृहमन्त्रीको निर्देशन

बागमती र कोसीमा भारी वर्षा हुने प्रक्षेपण भएपछि ‘हाइअलर्ट’ मा रहन गृहमन्त्रीको निर्देशन

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशमा हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, सुरक्षा संयन्त्र र स्थानीय तहहरुलाई निर्देशन दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन गृहमन्त्री लेखकले आग्रह गरेका हुन्।

उनले भने, ‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्देशन दिएको छु।’

थप समन्वय र सो सम्बन्धी आवश्यक काम कारबाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए ।

मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुका धेरै राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077