Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सरकारले विपद् व्यवस्थापनमा ध्यान नदिँदा ठुलो क्षति भयो : प्रचण्ड

सरकारले विपद् व्यवस्थापनमा ध्यान नदिँदा ठुलो क्षति भयो : प्रचण्ड

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले विपद् व्यवस्थापनमा ध्यान नदिँदा ठुलो जनधनको क्षति भएको बताएका छन् ।

जिल्ला समन्वय समिति काभ्रेपलान्चोकमा सरोकारवालासँगको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले बाढी पहिरो जान सक्ने पूर्वसूचना पाउँदासमेत सरकारले प्रभाकारी काम नगरेको आरोप लगाए।

अध्यक्ष प्रचण्डले भने,‘अत्यधिकता वर्षापछि बाढी पहिरोले क्षति पुर्‍याउने क्षेत्रको पूर्वसूचना पहिले नै आएको थियो । मैले पनि पूर्वतयारीका विषयमा सरकारको ध्यानाकर्षण गराएको थिएँ । तर सरकारले ध्यान नदिँदा धेरै जनधनको क्षति भएको छ । अब राष्ट्रिय सङ्कटको यस घडीमा सत्तापक्ष र प्रतिपक्ष मिलेर सामना गर्नुपर्छ।’

अत्यधिक वर्षा र बाढीका कारण सबैभन्दा बढी क्षति काभ्रेमा भएको भन्दै उनले पीडितहरूको उद्धार र राहतका लागि तत्काल पहल थाल्न उनले सरकारसँग आग्रह गरे ।

साथै पीडितहरूको उद्धार र राहतका लागि सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयले खेलेको भूमिकाको प्रशंसा गरे । अहिले पनि सबै मिलेर राष्ट्रिय सङ्कटको सामना गरेर जानुपर्नेमा जोड दिए ।

बेपत्ता खोजी कार्य पनि अझै बाँकी रहेको र खोज उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077