Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सर्वसम्मत अनुमोदन भएका छन्।

संसदीय सुनुवाइ समितिले राउतलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो।

त्यसपछि समितिले राउतविरुद्ध उजुरी आह्वान गरेको थियो। उनीविविरुद्ध ६ वटा उजुरी परेको थियो।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077