Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री खड्कालाई जन्म गाउँमा बाजागाजासहित भव्य स्वागत

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री खड्कालाई जन्म गाउँमा बाजागाजासहित भव्य स्वागत

बुधवार , आश्विन १६, २०८१

अछाम । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्कालाई आफ्नो जन्मभूमिमा भव्य स्वागत गरिएको छ ।

मन्त्री बनेपछि पहिलो पटक जन्म गाउँ चौरपाटी गाउँपालिका-५ लुंग्रा पुगेका उनलाई स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।

उनी मंगलबार दिउँसो दयापिपलतोला माविको ८ कोठे छात्रावास भवन उद्घाटन गर्न पुगेका थिए । सोही अवसरमा उनलाई स्थानीयले बाजागाजा र फुलमालासहित भव्य स्वागत गरेका हुन् ।

सो कार्यक्रममा चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदसहित ठूलो सङ्ख्यामा स्थानीयहरूको उपस्थित रहेको थियो ।

खड्काले गत साउन २१ गते सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । मन्त्री खड्का सोमबार मात्र अछाम पुगेका थिए । अहिले उनी गृहजिल्लाका विभिन्न कार्यक्रममा व्यस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077