Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

विवादपछि अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित

विवादपछि अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ ।

उमेरहद लागू गर्ने या नगर्ने भन्ने विषयमा देखिएको विवाद समाधान नभएपछि सम्मेलन स्थगित गरिएको हो । अखिल क्रान्तिकारीको अध्यक्षमण्डलले भने छलफल, निर्वाचनको प्रक्रिया, दशैं र बाढीपहिरोका कारण सम्मेलन स्थगित गर्नुपरेको दाबी गरेको छ ।

‘बन्दसत्रमा छलफलको लागि प्रस्तावित विधान र प्रतिवेदन उपर छलफल जारी रहेको र विधान पारित भई पारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न समयको पर्याप्तताबारे पार्टीको निर्वाचन आयोगसँग परामर्श भएको थियो,’ अध्यक्ष मण्डलले बुधवार जारी गरेको सूचनामा भनिएको छ, ‘जसमा निर्वाचनको सबै प्रक्रिया पूरा गर्न दशैँ अगाडिको समय पर्याप्त नभएको सुझाव आयो । प्राप्त सुझावलाई समेत मध्यनजर गरी निष्कर्षमा पुग्न अध्यक्षमण्डलबीच व्यापक र गम्भीर छलफल हुँदा हाल जारी रहेको राष्ट्रिय सम्मेलन स्थगित गर्न उचित र श्रेयस्कर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय गरिएको हो ।’

यसअघि अखिल क्रान्तिकारीले बुधबारको बन्दसत्रलाई मात्रै स्थगित गर्दै बिहीबारदेखि सुरु हुने सूचना जारी गरेको थियो।सम्मेलन असोज १० गते काठमाडौंमा शुरू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077