Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

बाढीपहिरो पीडितलाई एक लाख दिने मधेस सरकारको निर्णय

बाढीपहिरो पीडितलाई एक लाख दिने मधेस सरकारको निर्णय

बुधवार , आश्विन १६, २०८१

जनकपुरधाम । मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेको बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही एक लाखका दरले राहत दिने भएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त राहत दिनेबारे बुधबार घोषणा गरेका हुन् ।

मुख्यमन्त्री सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावित प्रदेशवासीलाई राहत उपलब्ध गराउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।

उनले बर्खा तथा बाढीबाट प्रभावित बस्तीमा राहत तथा पुनःस्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077