Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओली र बंगलादेशकी जलस्रोतमन्त्री हसनबीच भेटवार्ता

प्रधानमन्त्री ओली र बंगलादेशकी जलस्रोतमन्त्री हसनबीच भेटवार्ता

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । बङ्गलादेशकी जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

नेपाल भ्रमणमा रहेका मन्त्री हसनले प्रधानमन्त्री निवास बालुवाटारमा आज शिष्टाचार भेट गरेका हुन्।

भेटमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सरकारले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने तयारी गरेको छ। बंगलादेश-नेपालबीच ४० मेगावाटको बिजुली खरिद–बिक्रीको सम्झौता हुन लागेको हो।

यसअघि गत साउन १३ मा ४० मेगावाट बिजुली खरिदबिक्री गर्न सम्झौता हुने भने पनि सम्झौता नहुँदै बंगलादेशमा तत्कालीन सरकारविरुद्ध विद्यार्थीको देशव्यापी प्रदर्शन चर्किएको थियो।

तर, नयाँ सरकारले पनि नेपालसँग विद्युत खरिद गर्ने सहमत जनाएपछि अहिले हसन काठमाडौंमा आएर दुई देशबीच सम्झौता गर्न लागेकी हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077