Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

राप्रपाका विभाग प्रमुखहरूको जिम्मेवारी फेरबदल, राजनीतिक विभागमा मिश्र

राप्रपाका विभाग प्रमुखहरूको जिम्मेवारी फेरबदल, राजनीतिक विभागमा मिश्र

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभाग प्रमुखहरूको जिम्मेवारी फेरबदल गरेको छ ।

बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा संगठनका विभाग प्रमुखहरूको जिम्मेवारी फेरबदल गरेको हो ।

संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तोकिएको छ ।

यस्तै, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री बिजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सूचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने तोकिएको छ।

पार्टीको विधान बमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077