Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

बाढीपहिरोले भएको क्षतिप्रति चिनियाँ विदेशमन्त्रीद्वारा दुःख व्यक्त, भने - सहयोग गर्न तयार छौँ

बाढीपहिरोले भएको क्षतिप्रति चिनियाँ विदेशमन्त्रीद्वारा दुःख व्यक्त, भने - सहयोग गर्न तयार छौँ

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सन्देश पठाउँदै उनले दुःख व्यक्त गरेका हुन् । उनले नेपालमा भारी वर्षाका कारण बाढी र पहिरोको भएको ठूलो मानवीय र सम्पत्तिको क्षतिले आफू स्तब्ध भएको बताए ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले बाढीपहिरोमा पनि ज्यान गुमाएकाहरू गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

चीनले नेपालसँग सधैं सुख–दुःख साझा गरेको र आवश्यकताअनुसार नेपालको बाढीपीडितका लागि आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077