Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

म जनताहरुको प्रश्न र जाँचबाट भागेको छैन : रवि लामिछाने

म जनताहरुको प्रश्न र जाँचबाट भागेको छैन : रवि लामिछाने

शुक्रवार , आश्विन १८, २०८१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू जनताको कठघराबाट नभागेको बताएका छन्।

निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

सभापति लामिछानेले आफू प्रश्नबाट कहिल्यै नभागेको बताए।

सभापति लामिछानेले भने,‘आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नभएर देश भरीको समस्या सम्बोधन गर्ने जिम्मेवारी मलाई छ। म निर्वाचन क्षेत्रमा सधैँ आउन नसकेपछि मलाई तपाईँहरूले त्यसमा छुट दिनुभएको छ। देशमा विपत्ति पर्दा होस् वा अप्ठ्यारो पर्दा निर्वाचन क्षेत्रमा मात्रै नभएर देशभर राज्यभन्दा पहिला पुगेर झकझकाइरहेको छ। सिंगो देशको समस्यालाई आफ्नो समस्या ठानेर काम गर्ने प्रयास भइरहेको छ।’

उनले चितवनले देखाएको आशा र भरोसालाई आफूले टुट्न नदिने बताए।

दुई दुई पटक निर्वाचन गर्नुपर्ने अवस्था विगतमा आइपरेको भन्दै सभापति लामिछानेले प्रश्न र जाँचबाट तपाईँको जनप्रतिनिधि नभागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077