Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सबैभन्दा बढी सहकारी ठग नेताहरू कांग्रेस-एमालेमै छन् : रवि लामिछाने

सबैभन्दा बढी सहकारी ठग नेताहरू कांग्रेस-एमालेमै छन् : रवि लामिछाने

शुक्रवार , आश्विन १८, २०८१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीमा सबैभन्दा धेरै कांग्रेस एमालेकै नेताहरू संलग्न रहेको दाबी गरेका छन्।

निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सरकारले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउने केन्द्रमा राखेर काम गरिरहेको सभापति लामिछानेको भनाई छ ।

सभापति लामिछानेले भने,‘गलत कुरा पटक पटक भन्दैमा सत्य हुँदैन। हामी त्यस्ता कुरा टेर्दैनौँ। मेले सहकारीको रकम नल्याएको प्रतिवेदनले भनिसकेको छ। यसलाई राजनीतिक रंग लगाउने प्रयास गरिँदै छ। घोषित सहकारी ठगहरू जो जेल पनि गएका छन्। तिनीहरू विभिन्न राजनीतिक दलका सदस्य मात्रै होइन सांसद भएका पनि छन्। दोषी ठहर भएर जेल पनि गएका छन्। ती सहकारी ठगहरूले पार्टीलाई चन्दा बुझाएका छन्। सहकारी ठगीमा ठूला दुई दल र तेस्रो ठूलो दलको संलग्नता छ।’

उनले आफूले सहकारीबाट रकम ल्याएको प्रमाण छ भन्नेहरूले दिए चितवनबाटै राजनीति छाडेको घोषणा गरेर फर्किने बताए।

सभापति लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउनको लागि राज्यका सबै संरचनाको प्रयोग गरेको दाबी गरे ।

सहकारीको समस्या समाधान गर्नको लागि आफूले मन्त्रिपरिषद्बाट निर्णय गराइसकेको अवस्थामा सरकार ढालिएको उनले बताए।

सभापति लामिछानेले सहकारीको रकम फिर्ता नभएसम्म आफू र आफ्नो पार्टीले निरन्तर पहल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077