Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

विपद र चाडपर्वहरूसँगै आएकाले हवाई भाडा बढेको हो : पर्यटनमन्त्री पाण्डे

विपद र चाडपर्वहरूसँगै आएकाले हवाई भाडा बढेको हो : पर्यटनमन्त्री पाण्डे

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र महान चाडहरूसँगै आएकाले हवाई चाप बढेको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन्।

विपद र चाडपर्वहरूसँगै आएकाले हवाई भाडा बढेको उनको भनाई छ । यात्रुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको पर्यटनमन्त्री पाण्डेले बताए।

उनले पर्यटन मन्त्रालय सम्बद्ध संस्कृति, पर्यटन र हवाई नीतिहरू परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरू बनाएर सुदृढीकरण गर्ने बताए।

पर्यटनमन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ, संस्थाहरूले सत्य, तथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए।

पर्यटनमन्त्री पाण्डेले नेपालको हवाई आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077