Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रविलाई चितवनका मतदाताले भने - गगन थापाविरुद्ध मानहानीको मुद्दा हाल्नुस्

रविलाई चितवनका मतदाताले भने - गगन थापाविरुद्ध मानहानीको मुद्दा हाल्नुस्

शुक्रवार , आश्विन १८, २०८१

चितवन । चितवन मतदाताहरुले कांग्रेस महामन्त्री गगन थापाविरुद्ध मानहानीको मुद्दा हाल्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् ।

चितवनको इच्चाकामना गाउँपालिकामा शुक्रबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरू सभापति लामिछानेलाई यस्तो आग्रह गरेका हुन् ।

सुनुवाइमा सहभागी चितवन मतदाताले संसद्‍मा खाली कागज देखाएर सहकारी ठग करार गर्न खोज्नेलाई मानहानीको मुद्दा हाल्न दिए ।

उनीहरुले सहकारी ठगेको प्रमाण भन्दै खाली कागज देखाएर संसद् अवरुद्ध गर्नेले छानबिन समितिलाई प्रमाण दिन नसकेको भन्दै रविले क्लिन चिट पाइसकेको पनि जिकिर गरेका छन्।

मतदाताले खाली कागज देखाउने गगन थापालाई मानहानीको मुद्दा हाल्नुभएन भने अन्यलाई पनि थापाले फसाउने षडयन्त्र गर्न सक्ने भन्दै आक्रोश पोखे ।

सार्वजनिक सुनुवाइमा बोल्दै सभापति लामिछाने आफूले गगनलाई मानहानीको मुद्दा होइन, दशैंपछाडि आफूविरुद्ध सरकरारले मुद्दाको तयारी गरिरहेको दाबी गरे ।

गगनसहित सरकारका मान्छेहरूले नै आफूलाई मुद्दा हाल्न अनेक उपाय खोजिरहेको उनले बताए ।

तर आफूले सहकारी ठगीमा क्लिन चिट पाइसकेकाले सत्यको अगाडि कसैको केही नलाग्ने पनि सभापति रवि लामिछानेले जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077