Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

चितवनमा रास्वपा सभापति रविलाई देखाइयो कालो झण्डा !

चितवनमा रास्वपा सभापति रविलाई देखाइयो कालो झण्डा !

शुक्रवार , आश्विन १८, २०८१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर-२ का सांसद् रवि लामिछानेलाई चितवनमा कालोझण्डा देखाइएको छ ।

सहकारी पीडितहरूले शुक्रबार लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । उनी आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन मुग्लिन पुगेका थिए ।

सार्वजनिक सुनुवाइ सकेर फर्किने क्रममा लामिछानेलाई मुग्लिनबजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएको बताइएको छ ।

सहकारी पीडितहरूले सहकारी ठग मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, हाम्रो समस्या समाधान गर जस्ता नारा लगाएका थिए ।

चितवनमा साहारा चितवन बहुउद्देश्य सहकारीबाट करिब १३ करोड बराबरको रकम गोरखा मिडियामा गएको छ । पूर्व गृहमन्त्री समेत रहेका रवि सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077