Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको कार्य यही वर्षदेखि सुरु गर्छौँ : सञ्चारमन्त्री गुरुङ

सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको कार्य यही वर्षदेखि सुरु गर्छौँ : सञ्चारमन्त्री गुरुङ

शुक्रवार , आश्विन १८, २०८१

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको कार्य यही वर्षदेखि सुरु हुने बताएका छन् ।

शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकममा रहेको इन्टिग्रेटेट नेटवर्क अपरेशन सेन्टरको अवलोकन गर्दै यस्तो बताएका हुन् ।

अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा देखिएको नेटवर्कको समस्या एवम् समाधानका लागि भइरहेको प्रयासबारे उनले जानकारी लिए ।

मन्त्री गुरुङले भने, “अहिले समस्या सङ्कलनको ठाउँमा छु । धेरै ठाउँमा फोन आउँदैन, कभरेज छैन । कभरेज गर्नलाई टावर राख्नुपर्ने होला । कतिपय ठाउँमा थप्नुपर्ने होला, त्यो काम हामी गर्छौँ ।”

उनले कतिपय ठाउँमा बोल्दा–बोल्दै आवाज काटिने जस्ता विभिन्न समस्या भएको उल्लेख गर्दै गुणस्तरीय कभरेजका लागि जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077