Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला चार सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य भने बढेको छ।

शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077