Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपद्धारा पाँच करोड हस्तान्तरण

प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपद्धारा पाँच करोड हस्तान्तरण

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आइएमइ ग्रुप, ग्लोबल आइएमइ बैँक र आबद्ध कम्पनीका तर्फबाट पाँच करोड रकम सहयोग गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो ।

आजका मितिसम्म प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम १० करोड २६ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077