Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानमन्त्री उद्धार कोषमा एकैदिन १० करोड २६ लाख जम्मा

प्रधानमन्त्री उद्धार कोषमा एकैदिन १० करोड २६ लाख जम्मा

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार १० करोड २६ लाख संकलन भएको छ ।

आइएमइ ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेको छ। उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरेका थिए ।

यसैगरी, नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख, एनएमबी बैँकका अध्यक्ष मनोज गोयलले ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले २५ लाख हस्तान्तरण गरे। उक्त रकमसहित आज मात्र प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम संख्या १० करोड २६ लाख पुगेको हो।

अन्य सहयोगदाताहरूमा नेपाल बैंक लिमिटेडले दुई करोड, निर्माण व्यवसायी विकास परिषदले एक करोड, एमाले र नेपाली कांग्रेसले जनही ५० लाख हस्तान्तरण गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077