Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जनमतका पाँच केन्द्रीय सदस्य जसपा नेपालमा प्रवेश

जनमतका पाँच केन्द्रीय सदस्य जसपा नेपालमा प्रवेश

शनिवार , आश्विन २६, २०८१

वीरगन्ज । जनमत पार्टीका पाँच केन्द्रीय सदस्यसहित ३० जनाभन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

जनमत पार्टीका केन्द्रीय सदस्यहरू शशीकपुर मियाँ, करिमा बेगम, सुधिरनाथ पाण्डे , विजय यादव र सब्बो खातुनसहित ३१ जनाले पार्टी परित्याग गरि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका हुन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

जनमत पार्टीका मधेस प्रदेश समिति सदस्य सन्नी द्धिवेदी, मुस्लिम जनमत संघका जिल्ला अध्यक्ष औरेन्जेब अन्सारी, जिल्ला उपाध्यक्ष प्रवेज अख्तर,जिल्ला सदस्य मजिद देवान,जितेन्द्र चौरसिया,सायद अली,जयकुमार मिश्र,अजिम मियाँ हवारी, सन्जय साह लगायतपनि जनमत पार्टी परित्याग गरेर जसपामा नेपालमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077