Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कीर्तिमानी पर्वतारोहीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

कीर्तिमानी पर्वतारोहीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

सोमवार , आश्विन २८, २०८१

काठमाडौं । चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो सिसापाङमा हिमाल आरोहण गरि कीर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाएका आरोहीहरूलाई पञ्चेबाजासहित त्रिभुवन बिमानस्थलमा भव्य स्वागत गरिएको हो ।

पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पाको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

उनले सन् २०२२ को सेप्टेम्बरमा ८ हजार १६३ मिटर अग्लो मनासलु हिमालको आरोहण गरेर विश्व कीर्तिमान बनाउने आफ्नो यात्रा थालेका थिए।

नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुमलाई पनि भव्य स्वागत गरिएको छ ।

८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गर्न सफल निमा रिन्जी शेर्पा, तेजन शेर्पा, पासाङ शेर्पा लगाएत ९ जना आरोहीहरूलाई नेपाल पर्वतारोहण संघ लगाएत आफन्त र समर्थकहरूले सम्मानका साथ स्वागत गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077