Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

हामी बाढीपहिरो पीडितका पक्षमा काम गरिरहेका छौं : प्रधानमन्त्री ओली

हामी बाढीपहिरो पीडितका पक्षमा काम गरिरहेका छौं : प्रधानमन्त्री ओली

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्‍पछिको राहत र पुनः स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट पारेका छन्।

एमालेको सिन्धुली जिल्ला कमिटीले बाढीपहिरोका कारण भएको जनधनको क्षतिका सम्बन्धमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले पछिल्ला मन्त्रिपरिषदका बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समय तालिका तोकेर राहत र पुनःस्थापनाका काम प्रभावकारीरुपमा अघि बढाउन निर्णय गरिएको बताए।

उनले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्याउन चाहनेहरुले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्का साथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077