Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अमेरिकाले धार्मिक सञ्जाल गठन गरेको भन्दै विप्लवको विरोध

अमेरिकाले धार्मिक सञ्जाल गठन गरेको भन्दै विप्लवको विरोध

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सञ्जाल खडा गरेको भन्दै अमेरिकाको विरोध गरेको छ ।

विप्लवले अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमा धार्मिक सम्प्रदायबीच वैमनस्यता सिर्जना गर्ने अभिप्रायले धार्मिक सञ्जाल खडा गरेको भन्दै विरोध जनाएका हुन्।

विप्लवले जारी गरेको विज्ञप्तिमा अमेरिकाले संसारभर धर्मको आडमा आफ्नो अभियान चलाउने नीति अनुसार अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वा आस्था गठबन्धन’ नामक सञ्जाल बनाएको उल्लेख छ ।

यसले अन्य देशको सार्वभौमिकता, स्वतन्त्रता, आन्तरिक मामिला र मौलिक संस्कृतिमा हस्तक्षेप गर्ने मात्र नभई देशहरूमा अराजकता सिर्जना गर्दै धार्मिक असहिष्णुता निम्त्याउने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077