Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सडकबाट सरकारलाई खबरदारी गर्छौं : अग्नि सापकोटा

सडकबाट सरकारलाई खबरदारी गर्छौं : अग्नि सापकोटा

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सडकबाट सरकारलाई खबरदारी गर्ने बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँगको छलफलमा बोल्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन्।

यो सरकारबाट भएका गलत काममा खबरदारी गर्न यही कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको उनले बताए।

उपाध्यक्ष सापकोटाले कातिक १० गते हुने प्रदर्शनका क्रममा सरकारले एक सय दिनमा गरेका गलत काम राम्रोसँग थाहा पाउने बताए ।

ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आक्रामक रूपमा प्रस्तुत हुने नीति लिएको छ ।

यसैक्रममा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो। यसअघि माओवादीसहितका विपक्षी दलहरुले सुशासनमा सरकार कमजोर भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

आजै अपराह्न विपक्षी दलहरुले राष्ट्रपतिको समेत ध्यानाकर्षण गराउने तयारी गरेका छन्।

गुरुङ भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्ति भएकाले उनबाट पार्टी कार्यालय नै जग्गासहित दान लिनुले सरकारको नेतृत्वको प्राथमिकता थाहा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077