Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सहकारी ठगीमा संलग्न जेल पर्ने भए भनेर रुवावासी नगरौँ : विश्वप्रकाश शर्मा

सहकारी ठगीमा संलग्न जेल पर्ने भए भनेर रुवावासी नगरौँ : विश्वप्रकाश शर्मा

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरूका दुई चार जना मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगर्न आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जाल एक्समा रास्वपाले गरिरहेको सडक प्रदर्शनतर्फ लक्षित गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले रास्वपाले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको भ्रम फैलाइरहेको बताए ।

महामन्त्री शर्माले लेखेका छन्, 'रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ 'प्रचलित कानुन बमोजिम कारबाही गर्नू' तर प्रक्रिया सुरु भएपछि `राजनीतिक प्रतिशोध´ भन्नु संसदीय समिति र संसद्कै अपमान होइन र ? प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम/प्रयास वैकल्पिक राजनीति कि विधि उपर समेतको ठगी ?'

सहकारी ठगीमा दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता आजको राष्ट्रिय आवश्यकता भएको पनि शर्माको भनाइ छ ।

शर्माले कांग्रेसकै उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङको सहकारी ठगीमा संलग्नतामाथि छानबिनको मागबारे भने केही उल्लेख गरेका छैनन् ।

गुरुङ ललितपुरको मितेरी सहकारी ठगीमा संलग्न रहेको आरोप छ तर उनीमाथि प्रहरी प्रशासनले छानबिन थालेको छैन । महामन्त्री शर्माले सहकारी ठगीमा जुनसुकै पार्टीका नेता जेल परे पनि अन्यथा मान्न नहुने शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077