Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सरकारविरुद्ध माओवादीको खबरदारी जुलुस सुरु

सरकारविरुद्ध माओवादीको खबरदारी जुलुस सुरु

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ।

भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु भएको हो ।

सरकारविरुद्धको प्रदर्शनको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्। प्रदर्शनमा प्रचण्डसहित पार्टीका सबै पदाधिकारी सहभागी छन्।

काठमाडौं मलबाट जुलुस निकालेर भृकुटीमण्डपमा खबरदारी सभा गर्दैछ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माणमा देखिएका समस्या समाधान गर्न सरकारलाई दबाब दिन खबरदारी सभा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077