Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैन

प्रधानमन्त्री ओलीले भने - एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैन

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा ‍बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले राजनीतिक परिवर्तनका लागि कांग्रेस र एमालेले असाधारण योगदान गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने,‘अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरुमा, योगदानका कुराहरुमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरुमा यी पार्टीहरु सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन् ।’

प्रधानमन्त्री ओलीले काँग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र देश र जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077