Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रचण्डले भने - मैले ज्ञानेन्द्रलाई भेटेको छैन

प्रचण्डले भने - मैले ज्ञानेन्द्रलाई भेटेको छैन

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नभेटको बताएका छन् ।

सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पूर्वराजा शाहलाई भेट्यो भनेर विरोधीहरुले स्यालहुँइयाँ चलाइएको टिप्पणी गरेका हुन्।

उनले आफूले झापा र काठमाडौंमा भेट्यो भनेर हल्ला गरेको भन्दै आपत्ति जनाए । उनले भ्रामक प्रचारको खेद प्रकट गर्दै आफूले नभेटेको प्रष्टीकरण दिए ।

उनले आफू विमानस्थलमा हुँदा प्रचण्ड भएको सुनेपछि ज्ञानेन्द्र फर्किएको सुनेको बताए । उनले आफूलाई ज्ञानेन्द्र भेट्यो भनेर बद्नाम गर्न खोजिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077