Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माइतीघरमा आज पनि रास्वपाको विरोध प्रदर्शन

माइतीघरमा आज पनि रास्वपाको विरोध प्रदर्शन

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पनि काठमाडौंस्थित माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।

सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन गरेको हो ।

यसअघि पोखरामा निरन्तर आन्दोलन गर्दै आएको रास्वपाले शुक्रबारदेखि विरोधका कार्यक्रम काठमाडौं केन्द्रित गरेको छ ।

माइतीघरमा भेला भएका रास्वपा कार्यकर्ताले सरकारविरोधी प्लेकार्ड प्रदर्शन गर्नुका साथै चर्को नाराबाजी गरेका थिए ।

सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेर पोखरा लगेर अनुसन्धान थालेपछि रास्वपाले दिनहुँजसो प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077