Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उर्जामन्त्री खड्का र विश्व बैंकका प्रतिनिधीबीच भेटवार्ता

उर्जामन्त्री खड्का र विश्व बैंकका प्रतिनिधीबीच भेटवार्ता

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैंकका प्रतिनिधिसँग आग्रह गरे ।

मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनामा विश्व बैंकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप आवश्यक लगानी जुटाई त्यसलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका थिए।

अपर अरुण आयोजनालाई अगाडि बढाउने विषयमा ऊर्जामन्त्री खड्काले गत साता भारतका विद्युतमन्त्रीसँग समेत छलफल गरेका थिए।

भेटमा विश्व बैंकका प्रतिनिधिले अपर अरुण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077