Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपनिर्वाचनका लागि माओवादीले टुंग्यायो उम्मेदवारको नाम

उपनिर्वाचनका लागि माओवादीले टुंग्यायो उम्मेदवारको नाम

सोमवार , कार्तिक २६, २०८१

काठमाडौँ । माओवादीले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसलाई अनुमोदन गरेको हो ।

माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष उम्मेदवारमा नामेनारायण माझी, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा शिवशरण महर्जन, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निमलेकी शेर्पा, रुकुमपूर्वको पुथा उत्तरगंगा उपाध्यक्षमा ज्ञानदेवी पुन, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने र दैलेखको महाबु गाउँपालिका अध्यक्ष उम्मेदवारमा जंग बराललाई अनुमोदन गरेको छ ।

विभिन्न पालिकाका रिक्त ३४ वडाध्यक्षका उम्मेदवार पनि माओवादीले टुंगो लगाएको छ । माओवादीले पालिकाको चुनावी प्रचारमा केन्द्रीय पदाधिकारी पठाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077