Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कोप–२९ शिखर सम्मेलनमा आज सम्बोधन गर्दै राष्ट्रपति पौडेल

कोप–२९ शिखर सम्मेलनमा आज सम्बोधन गर्दै राष्ट्रपति पौडेल

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) मा आज सम्बोधन गर्दै छन् ।

‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल हिजो बाकु आइपुगेका हुन् । सम्मेलन (कोप–२९) सोमबारदेखि यहाँ सुरु भएको छ ।

राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बुधबार (भोलि) बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्नेछ । पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन विषयक उक्त बैठकमा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077