Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

फेरि मन्त्रालय फुटाउने बागमती प्रदेश सरकारको निर्णय

फेरि मन्त्रालय फुटाउने बागमती प्रदेश सरकारको निर्णय

मंगलवार , कार्तिक २७, २०८१

हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामाले सरकार गठन भएको साढे ३ महिनामा मन्त्रालय फुटाएर १४ वटा पुर्‍याएका छन् ।

बागमतीमा अब सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गर्ने निर्णय भएको छ।

अब सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय वाग्मती प्रदेशमा नयाँ बनेको छ । यस मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरिने बुझिएको छ ।

श्रेष्ठले मुख्यमन्त्री लामासँगै साउन ९ गते शपथ ग्रहण गरेका थिए । उनी हालसम्म बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन् ।

वाग्मतीमा मन्त्रालयको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077