Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

साना दलले शासन गर्ने परम्परा तोड्नेगरि काम भइरहेको छ : शंकर पोखरेल

साना दलले शासन गर्ने परम्परा तोड्नेगरि काम भइरहेको छ : शंकर पोखरेल

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्ने बताएका छन्।

विराटनगर विमानस्थलमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताए।

प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने महासचिव पोखरेलले बताए। उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने स्पष्ट गरे।

आगामी चुनाव २०८४ बाट साना दलले शासन गर्ने परम्परा तोड्नेगी काम भइरहेको महासचिव पोखरेलले बताए। त्यो तयारी संविधान संशोधनबाटै हुने पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077