Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सहकारी ठगीमा मुछिएका धनराजले भने - ममाथि प्रहार गर्नु निन्दनीय, छानबिनमा सघाउन तयार छु

सहकारी ठगीमा मुछिएका धनराजले भने - ममाथि प्रहार गर्नु निन्दनीय, छानबिनमा सघाउन तयार छु

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । सहकारी ठगीमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले छानबिनमा सघाउन तयार रहेको बताएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै गुरुङले पछिल्लो समय आफुविरुद्ध अनर्गल प्रचार भएको र छानबिनको लागि तयार भएको बताएका हुन् ।

उनले भनेका छन्, 'म निष्ठापूर्वक कहीँ कतै नचुकिकन भ्रष्टाचारविरुद्ध इमानदारीपूर्वक निरन्तर लड्दै आएको हुँ । जुन विकृतिका विरुद्ध मैले मेरो राजनीतिक जीवनभर लड्दै आएको छु त्यही विषय मेरो टाउकोमा थोपरेर मेरो राजनीतिक जीवन समाप्त पार्न खोजिएको हो कि भन्ने आशंका मैले गरेको छु। मैले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिले पनि छानबिन गर्न सक्नेछन्। म नेपाल सरकारको कुनै पनि अनुसन्धान गर्ने निकायलाई अनुसन्धानमा सहयोग गर्न तयार छु।”

साथै उनले ज्योती गुरुङसँग सम्बन्ध विच्छेद भइसकेको दाबी गरेका छन् ।

'को कममा घर धितो राखेर सहकारी बाट लिएको ऋण मैले तिने सर्तमा उनले मसँग कुनै सम्पत्ति दाबी नगर्ने गरी सम्बन्ध विच्छेद भयो। सम्बन्ध विच्छेद भएपछि ज्योती गुरुङसंग मेरो भेटघाट भएको छैन । उनी कहाँ छन् मलाई कुनै जानकारी छैन ।

मेरो चुनावको उमेदवारी दर्ता फारममा श्रीमतीको नाम ज्योती गुरुङ उल्लेख गरिएको भन्दै ज्योती गुरुङसंग भएको मेरो सम्बन्ध विच्छेदलाई नक्कली भन्दै प्रचारबाजी गर्नेहरुले यो कुरा प्रष्ट बुझिदिन अनुरोध गर्दछु कि उमेदवारी दर्ता गर्ने दिनमा मात्रै म काठमाडौबाट बालिड पुगेर उम्मेदवारी दर्ता गर्न जाँदा समय निकै घर्कीसकेको अवस्था एकातिर थियो भने अकोतिर ठुलो जुलुसका साथ उम्मेदवारी दर्तास्थलमा पुगेको अवस्थामा पार्टीका कार्यकर्ताले दर्ता फारम भरेर तयार राखिदिएको र कार्यकर्ताहरुलाई मेरो र तत्कालीन श्रीमती ज्योती गुरुडको बीचमा सम्बन्ध विच्छेद भैइसकेको जानकारी नभएकाले श्रीमतीको नाम ज्योती गुरुड नै उल्लेख गरिएको कुरा हाल मात्रै थाहा पाएँ । यस्तो प्राविधिक त्रुटिलाई लिएर म माथी प्रहार गर्नु निन्दनीय छ,' उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077