Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

युवा नेता नारायणले भने - 'युवा संकल्प यात्रा'को टिम सिंहदरबार पुग्दा भ्रष्टाचारीका खुट्टा काँप्छन्

युवा नेता नारायणले भने - 'युवा संकल्प यात्रा'को टिम सिंहदरबार पुग्दा भ्रष्टाचारीका खुट्टा काँप्छन्

मंगलवार , कार्तिक २७, २०८१

सर्लाही । कांग्रेसका युवा नेता नारायण समाजसेवीले युवा संकल्प यात्राको टिम सिंहदरबार पुगे भ्रष्टाचारीका खुट्टा लगलग काँप्ने बताएका छन् ।

मंगलबार सर्लाहीमा आयोजित युवा संकल्प यात्रा अन्तर्गतको कार्यक्रममा बोल्दै लामो समयदेखि गैराअवासिय संघमा राजनीति गर्दै आएका समाजसेवीले यस्तो बताएका हुन् ।

पूर्व मेचीनगरदेखि पश्चिमको महेन्द्रनगरसम्मको युवा संकल्प यात्रा कार्तिक २३ गते झापाको मेचीनगर देखि सञ्चालन भएको थियो । कार्यक्रममा झापा जिल्ला सभापति देउमान थेबे ले पार्टीको झण्डा हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रम निर्धारित कार्य तालिका अनुसार चल्दै आएको छ । इटहरी, राजविराज सप्तरी, जनकपुर धनुषा र जलेश्वर महोत्तरीमा भव्य रूपमा जिल्ला सभापति लगायत पार्टीका नेताहरूको उपस्थितिमा कार्यक्रम भएको थियो ।

आज (मंगलबार) लालबन्दि सर्लाही क्षेत्र न १ सभापति हरि बहादुर लुङ्गेलि, पूर्व सभापति लक्ष्मण राय, संविधान सभासदस्य, रामचन्द्र चौधरी, मेयर, उपमेयर, र प्रदेश कार्यसमितिका सदस्य, जिल्ला समितिका सदस्य, नगर समिति, नेविसंघ र तरुण दलका जिल्ला तहका विभिन्न नेताहरूको उपस्थितिमा कार्यक्रम भएको बताइएको छ ।

युवा संकल्प यात्राका १० बुँदामा केन्द्रित प्रभावकारी र महत्त्वपूर्ण छलफल यात्रा अभियानमा नेता रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, प्रेमिका राना, सुमन गिरि लगायत ४० जनाको समूह रहेको छ । भोलि बिरगन्जं र आगामी कार्यक्रम निर्धारित तालिका अनुसार नै हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077