Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लागौँ, मुलुकमा विकास हुन्छ : शंकर पोखरेल

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लागौँ, मुलुकमा विकास हुन्छ : शंकर पोखरेल

मंगलवार , कार्तिक २७, २०८१

मोरङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै लाग्नुपर्ने बताएका छन् ।

एमाले मोरङ जिल्ला कमिटीले आज ग्रामथान गाउँपालिकामा आयोजना गरेको कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले ‘मिसन–८४’ मा पार्टीलाई बहुमतका साथ विजयी बनाउन आजैदेखि कार्यकर्ता संगठित भएर लाग्नुपर्ने बताए ।

महासचिव पोखरेलले एमालेको नीतिलाई राष्ट्रको नीति बनाउन आगामी निर्वाचनमा विजयी बनाउन सकेमात्र मुलुकमा विकासले गति लिने दाबी गरे ।

कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेको लोकप्रियताकै कारण विगतको उपनिर्वाचनमा पार्टीका उमेदवारले पूर्वको इलाम र पश्चिममा समेत विजयी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077