Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

पार्टीका उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई दिने रास्वपाको निर्णय

पार्टीका उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई दिने रास्वपाको निर्णय

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा पार्टीका उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ ।

मंगलबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले सो निर्णय गरेको हो । बैठकले उपनिर्वाचनका लागि निर्वाचनसँग सम्बन्धित कामका लागि हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई दिएको बताइएको छ ।

आगामी १६ मंसिरमा २२ पदका लागि उपनिर्वाचन हुँदैछ । जसमा रास्वपाले पनि भाग लिने निर्णय गरिसकेको छ ।

यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सभापति पक्राउ लगायतको विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077