Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

आज जुम्ला जाँदै प्रधानमन्त्री ओली

आज जुम्ला जाँदै प्रधानमन्त्री ओली

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदैछन् ।

जुम्लाको सदरमुकाम खलंगामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली जुम्ला जान लागेका हुन् ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले ५८ जना विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको छ। दीक्षान्त समारोहको सबै तयारी पूरा भएको उपकुलपति डा. मंगल रावलले बताए ।

उनका अनुसार समारोहमा कुलपति तथा प्रधानमन्त्री ओली, सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अन्जनीकुमार झा, अमेरिकास्थित हार्डबर्ड मेडिकल कलेज सेन्टर अफ प्राइमरी केयर सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेंगर पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077