Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

राष्ट्रपति पौडेल दोहा आइपुगे

राष्ट्रपति पौडेल दोहा आइपुगे

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कने क्रममा कतारको दोहा आइपुगेका छन् ।

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर नेपाल फर्कने क्रममा राष्ट्रपति पौडेल दोहा आइपुगेका हुन् ।

राष्ट्रपति पौडेललाई कतारस्थित नेपाली राजदूतावासका कर्मचारीहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। अजरबैजानका राष्ट्रपति ईल्हाम अलियेभको निमन्त्रणामा उनी कोप–२९ मा सहभागी हुन बाकु पुगेका थिए ।

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077