Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कीर्तिपुर र काठमाडौं-१६ मा तालमेल गर्ने माओवादी र एकीकृत समाजवादीबीच सहमति

कीर्तिपुर र काठमाडौं-१६ मा तालमेल गर्ने माओवादी र एकीकृत समाजवादीबीच सहमति

शनिवार , मंसिर १, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच उपनिर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका र काठमाडौंको वडा नं १६ मा दुई पार्टीबीच गठबन्धन गर्ने सहमति भएको हो ।

कीर्तिपुरमा दुई पार्टीको साझा उम्मेदवार माओवादीका शिवशरण महर्जन र काठमाडौं-१६ मा साझा उम्मेदवार एकीकृत समाजवादीका मिनबहादुर मानन्धर रहने छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितीमा माओवादीका अग्नि सापकोटा र एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077