Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

पालिकाको उपाध्यक्षमा एमाले नेता रुख चुनाव चिह्न लिएर उम्मेदवार

पालिकाको उपाध्यक्षमा एमाले नेता रुख चुनाव चिह्न लिएर उम्मेदवार

आइतवार , मंसिर २, २०८१

रुकुम पूर्व । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार कांग्रेसको चुनाव चिह्न रुखबाट लड्ने भएका छन् ।

आइतबार उम्मेदवार मनोनयन गर्नुअघि दुई दलले लिखित सहमति गरेका हुन् । योसँगै माओवादीविरुद्ध रुख चुनाव चिह्नबाट एमाले उम्मेदवार चुनाव लड्ने छन् ।

सहमतिअनुसार एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन दुवै पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी हुन् । उनी एमाले निकट महिलाहरुको संगठन अनेमसंघकी केन्द्रीय सदस्य पनि हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस-एमाले उम्मेदवारभन्दा माओवादीका उम्मेदवार भूपेन्द्र बुढाले दोब्बर मत ल्याएर विजयी भएका थिए ।

तर उनको असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा परेर ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो । पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीले भने नरपूरा बुढालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077