Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

दमननाथको अन्तिम संस्कारबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

दमननाथको अन्तिम संस्कारबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

सोमवार , मंसिर ३, २०८१

काठमाडौँ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । सोमबार बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

बैठकले पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे आवश्यक निर्णय गर्ने बताइएको छ ।

कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको थियो ।

आइतबारै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए । ढुंगानाको आजै अन्तिम संस्कार गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077