Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुद्वारा पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुद्वारा पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई सानोगौचरनमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीले ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरे।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

उनीप्रति श्रद्धाञ्जली व्यक्ति गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरन पुगेका छन् ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077