Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय

पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा नेपाली कांग्रेसले पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो।

साथै मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ। स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने पनि निर्णय केन्द्रीय समितिले गरेको छ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077