Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

उपनिर्वाचनका लगि राप्रपा र राप्रपा नेपालबीच चुनावी तालमेल

उपनिर्वाचनका लगि राप्रपा र राप्रपा नेपालबीच चुनावी तालमेल

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेल भएको छ ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लगि थापाको गृह जिल्ला मकवानपुरमा राप्रपा नेपालले राप्रपासँग चुनावी तालमेल गरेको हो ।

हेटौंडा उपमहानगरपालिका-१२ को वडा अध्यक्ष पदमा राप्रपाका उम्मेदवार प्रेम लामा भ्लोनलाई राप्रपा नेपालले सहयोग गर्ने छ।

राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गर्नु स्वागतयोग्य रहेको राप्रपाले जनाएको छ।

राप्रपा नेपालका अध्यक्ष थापाले उपचुनावमा राप्रपा नेपाल र राप्रपाबीच सहकार्य गर्ने निर्णय सकारात्मक भएको बताएका छन्।

राप्रपा नेपालका अध्यक्ष थापाले फेसबुकमा लेखेका छन्, ‘स्याबास मकवानपुर । समान विचारधारा भएका राष्ट्रवादी शक्तिहरूका बिच एकता र सहकार्यको आवश्यकता रहेको वर्तमान अवस्थामा मकवानपुरले राम्रो सन्देश दिएको छ। साझा उम्मेदवार जिताउन सबैलाई आह्वान गर्दछु।’

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण वर्तमान समयको आवश्यकता भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077